२३ बैशाख २०८१, आईतवार

नायिका मिरुना मगर लेख्छिन्–‘चुपचाप दुःख नसहनुहोस्’

miruna

नायिका मिरुना मगरले फुर्वा तामाङलाई माफी दिइसकेपछि सामाजिक संजालमा नयाँ स्टाटस लेख्दै चुपचाप आफूले कहिले पनि दुःख नसहने आग्रह गरेकी छिन् ।

मिरुनाले फुर्वाले जेठ १५ गते आफूलाई अनुचित तरिकाले छोएको र यो अभद्र व्यवहारका लागि निःस्वार्थ रुपमा माफी मागेको भन्दै आफूले पनि माफी स्विकार गरेको लेखेकी छिन् । साथै, उनले आफ्नो यो कार्य कुनै पनि धर्म र समाजविरुद्ध नभई व्यक्ति विरुद्ध भएको बताएकी छिन् ।

मिरुनाले अगाडि लेखेकी छिन्–‘तपाइहरु मध्ये धेरैले मसँग बाड्न आउनु भएको मेरो जस्तै घटनाका कथाहरुबाट म अत्यन्तै प्रभावित भएको छु । यो समयमा यी कथाहरुबाट साहास जुटाउन सकेकोमा म तपाइहरुको प्रशंसा नगरि रहन सक्दिन । चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भएपनि भोलीको दिन परिवर्तन अवश्य होला ।’

जेठ १५ गते ‘कबड्डी ४’को लागि दर्शकसँग साक्षात्कार गर्न जाने क्रममा फुर्वा तामाङले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।