२६ बैशाख २०८१, बुधबार

जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम चरणका खेल जारी रहँदा ‘म्याच फिक्सिङ’को आरोप

chand
फाइल फोटो

काठमाडाैं उपत्यकामा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम चरणका खेल जारी रहँदा खेल मिलेमतो (फिक्सिङ) को चर्काे आरोप लागेको छ । 

रेलिगेसन-प्रमोसन लिगको पहिलो सिँढीको रुपमा रहेको ‘सी’ डिभिजन सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी छ । सहभागी क्लब तथा जिल्ला फुटबल संघका प्रतिनिधिले खेल मिलेमतो भएको आरोप सामाजिक सञ्जालमार्फत लगाएका छन् ।  

‘सी’ डिभिजन लिगमा सुर्खेतको प्रतिनिधित्व गरेको आरसी ३२ फुटबल एकेडेमीका प्रमूख रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा आरोप लगाउँदै स्टाटस लेखेका छन् । 

‘जारी एन्फा सी-डिभिजन लिगका धेरै खेलहरूमा मिलोमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाले केही गर्न नसक्नु कतिसम्म लाजमर्दो कुरा हो । तिमीहरुको पो केहि जाँदैन, हाम्रो त एक एक मेहनत गरेर जोडेको पैसाको लगानीछ यस्मा । खेलको भावनामा खेलवाड गर्ने अधिकार तिमीहरुलाई छैन । एउटा सी–डिभिजन लिग त व्यवस्थित तरिकाले चलाउन सक्दैनौ तिमीहरु, अझ विश्वकपको १० वटा खेल नेपालमा गराउँछौं भन्न कुन मुखले सकेको होला,’ चन्दले आफ्नो स्ट्याटसमा ह्यासट्याग ब्याक अफ कर्मा उल्लेख गर्दै लेखेका छन् । 

सुर्खेत जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका चन्दले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई लक्षित गरेर स्टाटस लेखेका हुन् । उनको स्टाटसलाई खेलाडी गणेश खड्का र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ललगायतका फुटबलकर्मीहरूले सेयर गरेका छन् ।

मल्लले भने सो स्टाटस सेयर गर्दै कर्मा कम्पनीसँग म्याच फिक्सिङको राम्रो अनुभव भएको खेलेका छन्, ‘म्याच फिक्सिङको राम्रो अनुभव छ कर्मा कम्पनीसँग । गत वर्षको लिग रेकर्ड पल्टाउँदा क्लियर हुन्छ ।’ 

    सम्बन्धित समाचार...