२६ बैशाख २०८१, बुधबार

दुर्घटनाग्रस्त क्षेत्र अपडेट: सेनाको हेलिकोप्टर जान सकेन दुर्घटनाग्रस्त क्षेत्रमा, ६५ जनाकाे उद्धार टोली पैदलबाट जाँदै

tara air 1

तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन ।

सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ । तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए ।

हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको उनको भनाइ छ । उनका अनुसार ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन् ।

त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।