२४ बैशाख २०८१, सोमबार

सनसिटी अपार्टमेन्टका तीन जनाको पाटन अस्पतालमा पुन: कोरोना परीक्षण हुँदै

cQk0uep1idAr2CJOBOMIqlwmPbZKzOpEHwMmGbkb

कोरोना मुक्त भएर फर्केका काठमाडौंको सनसिटी अपार्टमेन्टका दुई र थप एकसहित तीन जनालाई फेरि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।

संक्रमणमुक्त भइसकेका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमण कायमै रहेको आशंका भएपछि उनीहरुलाई आज बिहान पुन: अस्पताल पुर्‍याइएको हो। यी दुईसँगै बुहारीलाई पनि अस्पताल लगिएको हो।

उनीहरुको थ्रोट स्वाब संकलन गरेर आजै परीक्षणका लागि पठाउने तयारी भएको छ। उनीहरुमा संक्रमण रहे नरहेको आज साँझसम्म रिपोर्ट आउने बताइएको छ।

बेलायतबाट चैत ४ गते फर्किएका उनीहरुमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनीहरुलाई पाटन अस्पताल लगिएको थियो। त्यसपछि सनसिटी अपार्टमेन्टमा उनीहरु बस्ने ब्लकमा रहँदै आएका करिब ३ सय जनाको कोभिड १९ परीक्षण गरिएको थियो। उनीहरुमा संक्रमण देखिएको थिएन।

कोरोना संक्रमण नदेखिएपछि बुहारी वैशाख ३ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् भने वैशाख ११ गते आमा र छोरा दुवैमा परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो।