१६ असार २०७९, बिहीबार

उपाधि प्रतिस्पर्धा: यी तीन खेलाडी जो गुजरातका लागि खतरा हुन सक्छन्

ipl 1

इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। 

विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ। विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवै टिममध्ये कसले बाजी मार्ला ? भन्ने अड्कलबाजी सुरु भएको छ।

आईपीएलमा पहिलो पटक हार्दिक पाण्डेयाको कप्तानीमा खेलिरहेको टिम गुजरात उत्कृष्ट लयमा छ। र, उपाधि जित्ने लक्ष्यमा छ।

गुजरातले यस सिजनमा राजस्थानलाई दुईपटक पराजित गरिसकेको छ। तर, राजस्थान पनि बलियो टोली हो। रोयल च्यालेन्जर बैंग्लोरलाई हराउँदै फाइनल पुगेको राजस्थान पनि उपाधि आफ्नो पोल्टामा पार्न चाहन्छ।

राजस्थानका यी तीन खेलाडी गुजरातको पोल्टाबाट उपाधि खोस्न सक्छन्। र, जुनसुकै बेला खेल परिवर्तन गर्न माहिर छन्। 

१.जोस बटलर

जोस बटलर आईपीएल २०२२ मा उत्कृष्ट लयमा छन्। उनले पछिल्लो खेलमा रोयल च्यालेन्जर बैंग्लोरविरुद्ध ६० बलमा १०६ रन बनाएका थिए। बटलरले यो सिजनमा अहिलेसम्म १६ खेलमा ५८.८६ को औसतमा ८२४ रन बनाएका छन्।  गुजरात टाइटन्सका लागि यो फाइनल खेलमा उनी सबैभन्दा ठूलो खतरा साबित हुनेछन्।

२.युजवेन्द्र चहल

युजवेन्द्र चहल गुजरात टाइटन्सको लागि दोस्रो खतरा साबित हुन सक्छन्। युजवेन्द्र चहलले यो सिजनका १६ खेलमा ७.९२ इकोनोमीमा २६ विकेट लिएका छन्। योसँगै युजवेन्द्रले पछिल्ला दुई खेलमा एक विकेट नपाएकाले यो खेलमा उनी थप घातक बलर साबित हुन सक्छन्।

३. प्रसिद्ध कृष्ण

युवा फास्ट बलर प्रसिद्ध कृष्णले यो सिजन निकै घातक बलिङ गरिरहेका छन्। दोस्रो क्वालिफायर खेलमा राजस्थानले प्रसिद्धको उत्कृष्ट बलिङको आधारमा मात्र जित हात पारेको छ। 

यो सिजनमा उनले अहिलेसम्म १६ खेलमा ८.१८ को इकोनोमीमा १८ विकेट लिएका छन्। उनले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सिजनको उत्कृष्ट स्पेल फ्याँके। यो सिजन लयमा देखिएका उनी गुजरातको लागि खतरा साबित हुन सक्छन्।