१४ बैशाख २०८१, शुक्रबार

सम्पर्क विहीन तारा एयर अपडेटः जोमसोमबाट खोजीका लागि हेलिकोप्टर परिचालन, खराब मौसमको कारण समस्या

tara air

जोमसोमबाट खोजीका लागि हेलिकोप्टर भर्खरै उडेको छ ।

मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

सम्पर्क विहीन उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार  थिए ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए ।

यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।