१३ बैशाख २०८१, बिहीबार

सम्पर्क विहीन तारा एयर अपडेटः जहाज लेतेमाथि दुर्घटना भएको आशंका

tara air

पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार  थिए ।

तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।

म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।

बिमान सामान्य अवस्थामा बिमानहरु प्राय: १७ देखि बढीमा २० मिनेटमा जहाज गन्तब्यमा पुग्ने गरेको छ । तर तारा एअरको विमानमा भने उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।