१३ बैशाख २०८१, बिहीबार

कस्ले मार्ला बाजी च्याम्पियन्स लिगको फाइनलमा, लिन सक्ला त लिभरपुलले बदला ?

real madrid vs liverpool

आज राती युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल खेल हुँदैछ । जसमा इंलिस क्लब लिभरपुलले रियल मड्रिडको सामना गर्नेछ । उत्कृष्ट लयमा रहेका दुवै टिमको उपाधि होड निकै रोमाञ्चक हुने देखिएको छ । युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलमा उपाधिका लागि दुई ठुला क्लब भिड्दै गर्दा विश्व फुटबलको ध्यान पेरिसमा केन्द्रित हुनेछ । कारण, युरोपका ठूला क्लब रियल मड्रिड र लिभरपुलबीचको खेल शनिबार राति पौने १ बजे फ्रान्सको पेरिसमा हुँदैछ ।

योर्गन क्लोपलाई प्रशिक्षकमा नियुक्त गरेसँगै उत्कृष्ट लयमा देखिएको लिभरपुलले पछिल्लो ५ वर्षमा ३ पटक युसीएलको फाइनल खेल्दैछ । लिभरपुलले पछिल्लोपटक सन् २०१९ मा यो उपाधि जितेको थियो । क्लबले समग्रमा ६ पटक उपाधि आफ्नो नाममा गरिसकेको छ । त्यस्तै उपाधिको होडमा रहेको अर्काे क्लब रियल युसीएलको सर्वाधिक सफल क्लबमा चिनिन्छ । उसले अहिलेसम्म १३ पटक यो उपाधि उचालिसकेको छ भने आजको खेल जित्दै कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्ने मौका छ ।

real liverpol

क्लोपले फाइनलका लागि आफूहरु तयार रहेको बताएका छन् । उनले लिभरपुल राम्रो लयमा भएकाले च्याम्पियन्स लिग जित्ने यो राम्रो अवसर भएको पनि बताए । साथै, उनले रियलसँग खेल्नु सहज नभएको पनि प्रतिक्रिया दिएका छन् । यता रियलका ६२ वर्षीय मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन लिगको प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिने बताएका छन् । लिभरपुल उत्कृष्ट टोली भएको र खेल प्रतिस्पर्धात्मक हुने भन्दै पेरिसमा टिम १४ औं उपाधि जित्नका लागि तयार भएको उनको अभिव्यक्ति छ ।

आज हुने फाइनल खेल यसअघिका अन्य थुप्रै उपाधि भिडन्तभन्दा रोमाञ्चक हुने निस्चित छ । स्पेनिस क्लब रियलसँग भिड्दा योर्गन क्लोपको टिमको मनमा बदलाको भावना अवश्य हुने छ । सन् २०१८ को फाइनलमा आफ्नो मुख्य खेलाडी मोहम्मद सालहा घाइते भएको र गोलरक्षकको लापरवाहीले उपाधि उचाल्नबाट एक कदम पछि पर्दाको बदला आजको खेलमा देखिनेछ । जसले मैदानको माहोल तताउने छ ।

उक्त फाइनल खेल बिर्सन लायक भएको लिभरपुललाई पुन त्यही टिम विरुद्ध उही उपाधि उचाल्ने अवसर भने जुरेको छ । तर, दुवै टिमलाई उपाधि उचाल्न सहज भने पक्कै हुने छैन । युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ भेट भएको छ । त्यसमध्ये रियलले चार पटक जित हात पारेको छ भने लिभरपुलले तीन खेलमा जित निकालेकाल्दा एक खेल भने बराबरीमा टुंगिएको इतिहास छ । यी दुई टिमको अन्तिम भेट सन् २०२०–२०२१ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भएको थियो ।