६ जेष्ठ २०८१, आईतवार

महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध दर्ता भयो सरकारी वकिलको कार्यालयमा अपहरणको उजुरी दर्ता

Mahesh Basnet Sarbendra Khanal Kisan Shresth

जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव अपहरणसम्बन्धी जाहेरी दर्ता भएको छ । 

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ । जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए । उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।

अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।

पूर्वस्वास्थ्य मन्त्री रहेका यादव अपहरण प्रकरणको उजुरी काठमाडौं प्रहरीले लिन नपाएपछि जनता समाजवादी पार्टीका नेताहरु वैशाख १६ गते सरकारी वकीलको कार्यालय पुगेका थिए । तर सरकारी कार्यालयका अधिकारीले जाहेरी अध्ययनका लागि भन्दै छाडेर जानका लागि भनेका थिए ।

तर वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए ।

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ । 

पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ ।

यस्तै सांसद यादवले घटनाको छानबिनका लागि राष्ट्रिय मानअधिकार आयोगमा पनि उजुरी दिएका थिए । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।