१४ बैशाख २०८१, शुक्रबार

दुर्घटना अपडेट इन्द्रसरोवर: मृतक संख्या चार पुग्यो

281441868 549038833443020 8463259556353310395 n

मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको निधन भएको छ ।

शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको निधन भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो ।