१४ बैशाख २०८१, शुक्रबार

हरिनगर गाउँपालिकामा काँग्रेस विजयी

cong

सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका गफार अन्सारी र रिमझिम कुमारी भगत पुनः निर्वाचित भएका छन् ।

अन्सारी ६ हजार १ सय ७२ र भगत ६ हजार २ सय १३ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

विजयी अन्सारीका प्रतिद्वन्द्वी नेकपा एमालेका लस्करी अन्सारीले ५ हजार १ सय ५४ मत प्राप्त गरे ।

भगतकी प्रतिद्वन्द्वी एमालेकी कोशिला कुमारी साहुले ५ हजार ४ सय ७ मत प्राप्त गरिन् ।

दोस्रो कार्यकालका लागि जनताले दिएको जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्ने र हरिनगर गाउँपालिकामा अधुरा रहेका काम पूरा गर्ने प्रतिबद्धता नवनिर्वाचित अन्सारीले व्यक्त गरेका छन् ।