१३ बैशाख २०८१, बिहीबार

ओलीकै गृहनगर दमकमा एमाले पराजित, राप्रपाले मार्‍यो बाजी

ram thapa

अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ । दमकको मेयर र उपमेयर दुवैमा एमाले पराजित भएको हो ।

मेयरमा एमालेलाई पछि पार्दै राप्रपाका उम्मेदवारले विजय प्राप्त गरे ।

गठबन्धन दलहरूसँग मिलेर उम्मेदवारी दिएका राम थापाले एमालेकी उम्मेदवार गीता पौडेल अधिकारीलाई पाखा लगाउँदै जित हासिल गरे ।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छिन् । उनले एमालेका उम्मेदवार अम्बिका खनाललाई पराजित गरेकी हुन् ।

अन्तिममा ओली र एमालेकी उम्मेदवार अधिकारीको घर रहेको वडा नम्बर ५ र राप्रपाका उम्मेदवार थापाको घर भएको वडा नम्बर ६ गन्न बाँकी थियो । यीमध्ये ५ मा एमाले र ६ मा राप्रपाले बढी मत ल्याए ।

तर, यसअघि नै ८७० मतले अघि रहेका थापा विजयी हुन पुगे ।

मेयरमा राप्रपाका थापा र उपमेयरमा कांग्रेसकी भट्टराई विजयी भइसकेका छन् । तर, कति मतान्तर रहेको भन्ने यकिन भएको छैन । औपचारिक घोषणा हुन बाँकी छ ।