१३ बैशाख २०८१, बिहीबार

नवनिर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट शुरु

election

गत शुक्रबार र त्यसपछिका विभिन्न चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट शुरु हुँदैछ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल गएरातिदेखि सकिएपछि नवनिर्वाचितहरूको कार्यकाल आजबाट शुरु हुन लागेको हो ।

निर्वाचित भएकाहरूमध्ये कतिपयले हिजो नै पद तथा गोपनियताको शपथ लिएका छन् भने कतिपयले आजै शपथको कार्यक्रम राखेका छन् ।

नेपालको संविधान र कानूनले स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्थाको परिकल्पना नगरेका कारण निर्वाचित भएकालाई आजैबाट कार्यभार सम्हाल्ने व्यवस्था गर्न सरोकारवाला निकायलाई भनिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।