१६ बैशाख २०८१, आईतवार

नवनिर्वाचित १० पालिका प्रमुखले लिए शपथ नुवाकोटमा

pppp 0

जिल्लाका नवनिर्वाचित १० पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबारसम्म आएको अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित १० गाउँपालिकाका प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट शिव प्रसाद अधिकारी, तादी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट सन्तमान तामाङ, किस्पाङ गाँउपालिकामा नेकपा एमाले र माओबादी गठबन्धनबाट एमालेका बिरबल तामाङ, ककनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सुमन तामाङ, म्यागङ गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट आसा तामाङ, दुप्चेश्वर गाँउपालिकामा नेकपा माओबादी केन्द्रका शंकरबहादुर थापा, लिखु गाँउपालिकामा नेपाली काँग्रेसबाट ध्रुव श्रेष्ठ, सूर्यगढी गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट सन्तबहादुर घले, शिवपुरी गाउपालिकामा नेपाली काँग्रेसकै  गोविन्द थपलिया र पञ्चकन्या गाँउपालिकामा नेकपा माओबादी केन्द्रका तेजबहादुर तामाङ (रमेश) पालिका प्रमुखमा निर्वाचित हुनुभएको छ । 

नवनिर्वाचितलाई बिहीबार बिहान जिल्ला समन्वय समितिको कार्यालय विदुरमा जिल्ला अदालत नुवाकोटका न्यायाधीश एवं जिल्लाका मुख्य निर्वाचन अधिकृत उमेशराज लुइँटेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । पद तथा गोपनियताको शपथसँगै नवनिर्वाचित पालिका प्रमुखहरुले आजैबाट कार्यभार सम्हाल्नेछन् ।

नुवाकोटमा २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको छ । जसमा बेलकोटगढी र विदुर नगरपालिकामा मतगणना जारी रहेको छ । यस्तै बिदुर र बेलकोटगढी नगरपालिकामा  नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनका उम्मेदवारहरु अगाडी रहेका छन ।