१४ बैशाख २०८१, शुक्रबार

दुई वडाको गणना अगावै भानु नगर प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

ममभध

दुई वडाको मत गन्न बाँकी छँदै तनहुँको भानु नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । सो नगरपालिकामा अधिकांश वडा पनि काँग्रेसले नै जितेको छ ।

वडा नम्बर ६ र ८ को मतगणना बाँकी छँदै नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी हुनुभएको हो । काँग्रेसका त्रिपाठीले १० हजार ९३७ मत प्राप्त गर्नुभएको छ ।

भानुको ८ र ६ को मत गन्न बाँकी छँदै एमालेका प्रतिस्पर्धी एमालेका सीताराम बजगाईंभन्दा तीन हजार तीन सय मतले अगाडि हुनुहुन्छ ।

एमालेका बजगाईंले सात हजार ६४९ मत पाउनुभएको छ । नगर उपप्रमुख पदमा पनि काँग्रेसकी उमा गोतामेले नौ हजार तीन सय ५३ मत पाउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले चार हजार ८६७ मत पाउनुभयाे । प्रमुख र उपप्रमुख दुवैलाई गन्न बाँकी मतको तुलनामा जितका लागि पर्याप्त रहेकाे बताइएकाे छ ।