१५ बैशाख २०८१, शनिबार

तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा काँग्रेस उम्मेदवार मण्डल विजयी

cong

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार अरुणकुमार मण्डल विजयी भएका छन् । उनी ५ हजार ४ सय ५७ मत ल्याई विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले ३ हजार ५ सय ७५ मत ल्याएका छन् ।

उपाध्यक्षमा काँग्रेसबाटै फुलकुमारी साह निर्वाचित भइन् । उनले ३ हजार ६ सय ८१ र निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले २९ सय ४ मत प्राप्त गरिन् ।