१४ बैशाख २०८१, शुक्रबार

चौधरी विजय अग्नीसाईरमा

uml

सप्तरीको अग्नी साइर कृष्ण संवरण गाउँपालिकाको अध्यक्षमा दिनानाथ चौधरी विजय भएका छन् ।

चौधरी ४ हजार ८ सय ७४ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरे ।
परशुराम उक्त गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

यसैगरी सो पालिकाको उपाध्यक्ष मा भने नेपाली कांग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २ सय १६ मत प्राप्त गरि बिजयी भइन् ।।उनकी प्रतिस्पर्धी नेकपा(एमाले)की शैलेन्द्री कुमारी लेखीले३ हजार ४ सय ५९ मत प्राप्त गरिन् ।