१९ बैशाख २०८१, बुधबार

(भाडादरसहित) सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

buses in nepal

सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा एकैपटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको छ । विभागका अनुसार बढेको भाडा बुधबारबाटै लागू हुने छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहकको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहकमा ५.१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

यस्तै २५ किमि देखि २५० किमि प्रति व्यक्ति २ रुपैयाँ ७६ पैसा रहेकोमा अब २ रुपैयाँ ८३ पैसा भाडादर कायम गरिएको विभागले जनाएको छ । विभागले काठमाडौं–पोखरा र पोखरा-नारायणघाट खण्डको प्रति व्यक्ति २ रुपैयाँ ९४ पैसा कायम भएकोमा अब ३ रुपैयाँ ४ पैसा भाडादर कायम गरिएको छ ।

नयाँ भाडादरसहित