१४ बैशाख २०८१, शुक्रबार

गेम अफ थ्रोन्सलाई पछी पार्दै रामायणले राख्यो विश्व रेकर्ड

ramayana

भारतिय टि भि च्यानल दूर-दर्शनका अनुसार विश्वभरका ७ करोड ७० लाख मानिसहरूले रामायण अवलोकन गरेका छन ।अप्रिल १६ मा एक विज्ञप्ती जारी गर्दै दूर-दर्शनले उक्त कुरा बताएको हो ।

कार्यक्रमको नयाँ रेटिङ गर्दा ‘रामायण’ ले पुरानो सबैभन्दा धेरै हेरिएको टेलिभिजन शोलाई पछाडि पारेको छ। यो भारतको मात्र हैन पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेर्रिको शो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करणलाई रामायणले जितेर नयाँ रेकर्ड बनाएको हो।

३३ बर्ष पछि पुन: प्रसारित, “रामायण” ले विश्वव्यापी रूपमा सबैभन्दा बढी हेरिएको मनोरन्जन बन्दै विश्व रेकर्ड स्थापित गरेको छ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाईससको कारण देशव्यापी रूपमा लकडाउन गर्ने घोषणा गरे पछि मार्चमा दूरदर्शनले “रामायण”को पुनः प्रसारण गरेको थियो ।

रामानंद सागरद्वारा लिखित र निर्माण गरिएको, “रामायण”, पहिलो पटक १९८७ मा दूरदर्शनले प्रसारित गरेको थियो ।

उक्त कार्यक्रममा अरुण गोविल “राम”, दीपिका चिखलिया टोपीवाला “सीता” र सुनील लाहरी “लक्ष्मण”को भूमिका निर्वाह गरेका थिए। यसमा “मन्थारा”को रूपमा अनुभवी कलाकार ललिता पवार, “रावण”को रूपमा अरविन्द त्रिवेदी र दारा सिंह “हनुमान”को रूपमा अभिनय गरेका थिए।