४ जेष्ठ २०८१, शुक्रबार

भारतमा एकै दिन थप १०० जनाको निधन , संक्रमित ४० हजार छुनै लाग्यो

indina corona

पछिल्लो २४ घण्टामा भारत्मा १०० जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । भारतमा जारी लकडाउनका बिच पनि कोरोना भाइरसले गाँज्दै लगेको छ ।

भारतमा अहिले सम्म १,३२३ जना ले ज्यान गुमाएका छन भने संक्रमित संख्या ३९,६९९ पुगेको छ । त्यसैगरी १०,८१९ जनाले स्वास्थ लाभ गरेका छन् ।

भारत सरकार ले लकडाउन मे ३ बाट लम्ब्याएर मे १७ मा पुर्‍याएको छ ।

सार्क मुलुकमा पनि भारत बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।