
आज शनिबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक अपराह्न चार बजे बस्ने तय भएतापनी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण बैठक ५ बजेपछि मात्रै बस्ने भएको छ।
गत बुधबार बसेको सचिवालय बैठकमा शनिबार बैठक बस्ने भनिए पनि समय तय भएको थिएन ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठक बोलाइएको थियो । यसाअघी बुधबार ३ घण्टा बसेको बैठक बिना निष्कर्श टुंगिएको थियो ।
सरकारले अध्यादेश जारी तथा फिर्ता गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकले हाल सिर्जित विवाद समाधान गर्ने अपेक्षा गरिएको छ । अहिले नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमद दाहालले शनिबार बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् ।
यसैबिच शुक्रबार चिनियाँ राजदुत यान्छीले नेकपाका शिर्ष नेताहरुसँग भेट गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजदूत यान्छीले बिहीबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग र शुक्रबार अर्का अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेट गर्नुभएको थियो।
त्यसपछी राजदूत यान्छी नेपाल कम्युनिष्ट पार्टी नेकपाका विदेश मामिला विभाग प्रमुख रहेका नेता तथा बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गर्न काेटेश्रवर पुग्नुभएकाे थियो ।
नेकपा भित्र चुलिँदो विवादबीच नेपालका लागि चिनियाँ राजदूत यान्छीको यो भेटलाई नेपालको राजनीतिवृतमा निकै चासोका साथ हेरिएको छ ।