२७ बैशाख २०८१, बिहीबार

तिब्बतसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा एमालेले कांग्रेस किल्ला भत्कायो

Tasi Narbu Gurung scaled 1

चीनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेले ईतिहाँस रच्न सफल भएको छ । नेपाली कांग्रेसको दशकौ पुरानो दबदवा ईतिहाँस रहेको लोमान्थाङमा नेकपा एमालेका उम्मेदवार बिजयी भएको नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।उनले अब उपल्लो मुस्ताङबाट कांग्रेसको बिउ समेत नराख्ने उद्घोष गरे ।

स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवारहरुले ऐतिहाँसिक सफलता प्राप्त गरेको हो ।निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार टसी नर्बु गुरुङले ६६८ मत ल्याएर बिजयी भएका छन् । उनका निटकतम् प्रतिद्धन्दी टसी गुरुङले ५१४ मत प्राप्त गरे । अध्यक्ष पदमा एमालेका उम्मेदवार टसी नर्बु गुरुङले ११४ मतान्तरले बिजयी हासिल गरेका हुन् ।

यस्तै,लोमान्थाङ गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार छ्युमी बिष्टले ६३२ मत ल्याई बिजयी भईन् । निटकत् प्रतिद्धन्दी नेपाली कांग्रेसकी छिरिङ ढोका गुरुङले ५२९ मत पाईन् । नेकपा एमालेकी उम्मेदवार बिष्टले १०३ मतान्तरले बिजयी भएकी हुन् ।

यसैगरी लोमान्थाङ १ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ ।वडा २ र ४ मा एमालेको पुरै प्यानल बिजयी भएका छन् । वडा ४ मा एमाले वडाध्यक्षसहित २ सदस्य जितेको छ । लोमान्थाङ ५ मा वडाध्यक्षसहित १ सदस्य कांग्रेस र २ खुल्ला सदस्य एमालेले जितेको हो ।

स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसले २ वटा वडा सदस्यबाहेक पुरै गाउँपालिका आफ्नो कब्जामा पारेको थियो ।योसंगै मुस्ताङका ५ स्थानीय तह मध्ये ४ वटा पालिकाको मतगणना सम्पन्न भईसकेको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए । मुस्ताङको थासाङ गाउँपालिकामा अहिले मतगणना जारी छ । थासाङमा मतगणनामा विवाद सृजना हुँदा मतगणना स्थगित भएको थियो ।

अहिले सम्म मुस्ताङमा नेकपा एमालले ३ अध्यक्ष पद,३ उपाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले १ अध्यक्ष पद र १ उपाध्यक्ष पद जितेको हो ।