१७ बैशाख २०८१, सोमबार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

Screenshot 20220515 104029 Facebook

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ दिक्तेलमामा नेपाली कांग्रेस नेतृत्वको टिम विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार नवराज राईले नेकपा एमालेका गोपालचन्द्र आचार्यलाई हराउँदै निर्वाचित भएका हुन् ।

कांग्रेसका राईले उनले ११७१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका आचार्यले ६७१ मत पाए भने नेकपा एकीकृत समाजवादीका किशोर आचार्यले ५० मत, राप्रपाका चन्द्र बुढाथोकीले ३३ र स्वतन्त्र हरिप्रसाद आचार्यले १ मत पाएकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।