४ बैशाख २०८१, मंगलवार

सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय

nepali congress

सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न । पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् ।

पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार नारायण खड्काले ४ सय ३५ मत मात्र प्राप्त गरे ।

पछिल्लो वडा नम्बर २ को ९ सय मत गणना गर्दा मेयरमा कांग्रेसका कृष्ण प्रसाद ढकालले १२ सय ७१, एमालेका उत्तमकुमार शर्माले ७ सय ९८ ल्याएका छन् । उमेयरमा कांग्रेसकी रिताकुमारि चौधरी १ हजार ६५ र एमालेकी संगिता चौधरीले ८ सय ११ मत प्राप्त गरेकी छिन।