२० बैशाख २०८१, बिहीबार

२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम जोङ उन

kim un public

उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

पश्चिमा मिडियाले गरेको मृत्युको प्रचारलाई फेरि झुट सावित गराउँदै उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएका छन्। दक्षिण कोरियाली मिडियाले किम २० दिनपछि सार्वजनिक समारोहमा देखा परेको उल्लेख गर्दै उनको स्वास्थ्य सम्बन्धी खबरहरु हल्लामात्र सीमित भएको जनाएको छ।

प्योङयाङ नजिकै रहेको सनचेनको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहमा उनी सहभागी भएका हुन्। उनी सहभागी भएको कार्यक्रमको फोटो तत्कालै सार्वजनिक गरिएको थियो।

कोरियन सेन्ट्रल न्युज एजेन्सीले जारी गरेको रिपोर्ट अनुसार मल उद्योगको रिबन काटेर किमले उद्घाटन गरेका थिए। उनले सुनचन फस्फोटिक मल उद्योगको उद्घाटन गरेलगत्तै उनको तस्बिर बाहिर आएको हो।

अप्रिल ११ मा कोरोना भाइरसविरुद्धको एउटा छलफलमा सहभागी भएपछि किम जोङ उन सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो । सो दिनमा पनि किम  कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए। केही दिनअघि मात्रै पनि दक्षिण कोरियाली अधिकारीहरुले भने किम सकुशल रहेको दाबी गरेका थिए। 

उनको स्वास्थ्य अवस्था बारे पश्चिमा मिडियाले खबरहरु सार्वजनिक गरेका थिए जसमा उनको मृत्युसम्मका जानकारी समेटिएका थिए। यसअघि पनि पटक पटक उनको मृत्युको खबर झुटो सावित भइसकेको छ।

यतिसम्म कि यसपाला किमपछि उत्तर कोरियाको नेतृत्वमा को आउँछ भन्ने आँकलनहरुसमेत मिडियाको खोजको विषय बनेका थिए।

उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले किम सहभागी भएको कार्यक्रमका धेरैवटा तस्बिर शनिबार सार्वजनिक गरेको छ। 

kim un on punlic after 20 day
kim public 20200502010516