७ बैशाख २०८१, शुक्रबार

अमेरिकामा कोविड्-१९ का कारण ज्यान गुमाउनेको संख्या ६५ हजार नाघ्यो

new york corona death

दैनिक नयाँ संक्रमितकाे संख्यामा कमी आएको देखिए पनि संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर फेरि उकालाे लागेकाे छ ।

शुक्रबार मात्र अमेरिकामा कोरोनाका ३६ हजारभन्दा बढी नयाँ संक्रिमत फेला परेका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार त्यहाँ बिहीबार ३० हजार ८२९ नयाँ संक्रमित थपिएका थिए ।

यसअघि अप्रिल २७ मा मार्च ३० यताकै सबैभन्दा कम २३ हजार १९६ नयाँ संक्रमित भेटिएका थिए । तर पछिल्ला दिनहरूमा फेरि दैनिक संक्रमित संख्या बढ्दै गएकाे छ ।

अमेरिकामा काेराेना संक्रमणका कारणा शुक्रबार मात्र १ हजार ८९७ जनाकाे ज्यान गएकाे छ । याे संख्या पछिल्ला ४ दिनयताकै कम हाे । बिहीबार त्यहाँ २ हजार २०१ काे मृत्यु भएकाे थियो ।

न्यू योर्कमा सबै भन्दा बढिले ज्यान गुमाएका छन्, आजसम्म न्यू योर्कमा २४,०६९ को निधन भएको छ ।