२४ बैशाख २०८१, सोमबार

ताप्लेजुङ सदरमुकाममा लागेको आगो नियन्त्रणबाहिर (भिडियो सहित)

img 6200

शुक्रबार राति करिब ९ बजेबाट सुरु भएको ताप्लेजुङ सदरमुकामको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ बजारमा के कारणले आगो लागेको हो भन्ने अझै खुलेको छैन ।

सदरमुकाम बजारको माथिल्लो रोड, ट्याक्सी काउन्टर आसपासबाट सुरु भएको आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि सुरक्षा निकायहरू र स्थानीयले प्रयास जारी राखेको बताइएको छ।

आगलागीबाट १० घर जलिसकेका छन् । बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय रहेकाे घरसम्म पुगेको छ ।

स्थानीय सञ्चारकर्मी सुबास आचार्यले बताए अनुसार ट्याक्सी लाइनका घरहरु जलेर पूर्णत नष्ट भएका छन्। आचार्यले उक्त कुरा लाइभ मार्फत देखाएका छन् । जिल्लामा एउटा मात्रै दमकल भएको कारण नियन्त्रणमा समस्या भएको उनको भनाई छ ।

Subash Acharaya ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಮೇ 1, 2020

२०७१ सालमा पनि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार आगलागी हुँदा चार दर्जनभन्दा बढी घर जलेका थिए ।

नयॉ पत्रिकाका पत्रकार केशव भट्टराईका अनुसार आगाे नियन्त्रण गर्न अहिले दक्षिणतर्फ राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुंगानाको दूध डेरी आंशिकरुपमा भत्काइँदै छ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको रेडियो तमोरले समाचार प्रसारण गरेको छ।