१७ बैशाख २०८१, सोमबार

शेयर परिसूचक नेप्से ४८ अंकले गिरावट, १ अर्श ४२ कराेडकाे काराेबार

stock nepse

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ५० अंकले गिरावट आएको छ । सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४८.७३ अंक घटेर २३०७.४४ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६१ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख ७८ हजार कित्ता शेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, अन्य, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् । जीवन बीमा, लगानी, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार नेप्से परिसूचक ओरालो लागेपनि जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २ प्रतिशत बढेको छ । तर यता नेपाल फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    सम्बन्धित समाचार...