१६ चैत्र २०८०, शुक्रबार

साढे ६ हजार जनशक्ति परिचालन दाङमा

dang

दाङमा स्थानीय तह निर्वाचनका लागि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको छ । निर्वाचना कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको हो । ३ हजार ६ सय ८८ जना कर्मचारी र ३ हजारसुरक्षाकर्मी गरि ६ हजार ६ सय ८८ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार ४ सय ८१ मतदान केन्द्रका प्रत्येक मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटिने छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र ३ जना स्वयसेवक परिचालन हुने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

निर्वाचनका लागि निजमाती कर्मचारी, शिक्षकहरु परिचालन हुदैछन । त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरि ३ हजारको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

थप सुरक्षाकर्मीहरु समेत तयारी अबस्थामा राखिने र आबस्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजना सहित सुरक्षा योजना तयार पारिएको प्रमुखद जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । यसैगरी, नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अबस्थामा राख्ने बताएको छ ।

निर्वाचन सुरक्षा कार्य योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पुरा गरेर सुरक्षाकर्मीहरु परिचालन गरिएको दाङमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

दाङमा ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका छन् भने मतदान स्थल १ सय ५३ वटा र केन्द्र ४ सय ६१ निर्धारण भएको छ । मतदाताहरुलाई मतदाता परिचय पत्र बैशाख २८ र २९ गते सम्बन्धीत मतदान स्थलबाट बितरण गरिने छ । सोही दिन नै मतदाता शिक्षा समेत चलाईने निर्वाचन कार्यालयको तयारी छ ।