१४ बैशाख २०८१, शुक्रबार

विकास र रोजगारीमा मतदाताको चासो

palpa 1024x473 1
फाइल फोटो

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा ४ सय २५ जनप्रतिनिधि छान्न १ हजार १ सय बढी उम्मेदवारहरु आ-आफ्ना चुनावी एजेन्डा लिएर घरदैलोमा पुगेका छन् ।

पहिलो पटक मतदानमा सहभागी हुँदै गरेका युवा मतदाताले युवालाई स्वरोजगार र विदेश गएकालाई गाउँमै बस्ने वातावरण मिलाउन उम्मेद्वारलाई सुझाव दिएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा १ लाख ६२ हजार २ सय ५५ मतदाता रहेको पाल्पामा २५ प्रतिशत बढी नै युवा मतदाता थिए । यस पटकको निर्वाचनमा १ लाख ९९ हजार ६ सय ९० जना मतदाताले मतदान गर्दैछन् ।

अघिल्लोमा भन्दा ३७ हजार ४ सय ३५ नयाा मतदाता थपिएकामा ८० प्रतिशत युवा छन् । पहिलो पटक मतदान गर्न पाउादा युवाहरुमा उत्साह नहुने कुरै भएन । उनीहरुले गाउँभित्रै रोजगारी सृजना हुने गरि विकासलाई पहिलो प्राथमिकता राख्न उम्मेदवारलाई सुझाव दिएका छन् ।

बगनासकाली गाउँपालिका चिर्तुङधाराका कुमाल समुदायका युवा पनि पहिलो पटक मतदान गर्न पाउँदा खुसी छन् । गाउँमा कृषि, शिक्षा, प्राविधिक शिक्षाका लागि काम गर्नुपर्ने युवाहरुले औल्याएका छन् । स्थानीय जनताको आवश्यकताका साथै समुदायको इच्छा अनुसार दुःख सुखमा मलम लगाउने जनप्रतिनिध नै अहिलेको आवश्यकता हो ।