२१ बैशाख २०८१, शुक्रबार

कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव छैन : गाेल्छा

Shekhar Golchha
फाइल फोटो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनु भएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो सम्भव नभएको बताउनुभएको हो ।

उहाँले अँध्यारोमा राखेर उज्यालो मात्रै नभएर निजी क्षेत्रलाई हतोत्साही गर्न नहुने बताउनुभयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो समय सरकारबाट भइरहेका ऊर्जा, ब्याजदर आदि उत्पादन लागत बढाउने विषयमा एकतर्फी निर्णयले कसैलाई फाइदा नपुग्ने बताउनुभयो ।

उहाँले कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ५२९ अर्ब रुपैयाँ पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने अध्यक्ष गोल्छाले बताउनुभयो । उहाँले मुलुको आर्थिक संकट रोक्न वैदेशिक लगानी ल्याउने संयन्त्र सरकारले बलियो बनाउनु पर्ने बताउनुभयो ।

मुलुकभित्र नै लगानीको अवसर सिर्जना गरिनु आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाइ छ । उत्पादनमूलक उद्योग विस्तारको अवरोधका रूपमा रहेको कमजोर पूर्वाधार, प्रशासनिक अवरोध, पुँजीको लागतलगायत समस्या समाधानका उपाय बजेटमा खोजी गर्नु पर्ने बताउनुभयो।