१६ चैत्र २०८०, शुक्रबार

ठूला दलले देश विदेशीलाई हस्तान्तरण गर्नेतर्फ लागी परेः पूर्वमन्त्री पाण्डे

Bikram pandey
फाइल फोटो

राट्रिष्य प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले ठूला दलहरु विभिन्न बहानामा देश विदेशीलाई हस्तान्तरण गर्न तर्फ अग्रसर भएको आरोप लगाएका छन् ।

आज (आइतबार) खैरहनी नगरपालिका–६ को पार्टी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो आरोप लगाएका हुन्।

पाण्डेले देश निर्माण गर्न एकपल्ट राप्रपालाई विजय गराउन जनतालाई आग्रह समेत गरे। राप्रपा विजयी भएमा जनताले मुलक परिर्वतनको महशुस गर्ने उनको दावी थियो। विभिन्न दलका जनताले पार्टीका नाममा धेरै भोट हालेपनि देश परिर्वतन हुन नसकेको उनको भनाई थियो । रोजगारीको शिलसिलामा युवाहरु विदेशीनुपर्ने बाध्यता भएको बताउँदै उनले यहाँ भएका किसानहरु सधै मल र उत्पादन विक्रीको चपेटामा पर्ने गरेको बताए।

उनले अब राष्ट्रवादी शक्ति एक भएर देशको विकास गर्ने जिकिर गरे। राप्रपाले युवाहरुको लागि रोजगारीको वातावरण बनाउने, कुनै पद र पैसाको लोभमा नलागि जनताको सेवामा लाग्ने उनको भनाई थियो ।