१४ बैशाख २०८१, शुक्रबार

मतपत्रको नमुना निर्वाचन आयोगद्वारा सार्वजनिक

namuna matpatra

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ।

मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन्।

त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै हुनेछन् । धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ।

यसैबिच, निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंका केही ठाउँमा अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ।

आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा खटिएको टोलीले चुनावी सामग्री जफत गरेको हो। आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाण्डौको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, सहिदगेट, भोटाहिटी, घन्टाघर क्षेत्र वरिपरि स्थलगत अनुगमन गरेको थियो।