११ बैशाख २०८१, मंगलवार

मन्त्रिपरिषद् बैठक  आज बस्दै

cabinate meeting
फाइल फोटो

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले आज सरकारले निर्णय गर्न लागेको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसी सहितका अधिकारीहरु आजदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

सशस्त्रमा केहीदिन अघि राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ । एक मात्र एआईजी भएकाले उनी नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ । तर, यता नेपाल प्रहरीमा भने आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना एआईजी रहेका छन् ।