२३ बैशाख २०८१, आईतवार

रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन

ranu devi

रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ।

काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८६ वर्षको उमेरमा गएराति उनको निधन भएको हो ।

उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम  २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।

२०६३ सालमा उनका बारेमा `५६ वर्षपछि……..` नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो ।

नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् । 

    सम्बन्धित समाचार...