
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिएका पार्टीका ३५ उम्मेदवार निर्विराेध निर्वाचित भएकाे बताउनुभएकाे छ ।
आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित एकीकृत समाजवादी र जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३५ उम्मेदवार निर्विराेध निर्वाचित भएकाे बताउनुभएकाे हाे ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना उम्मेदवारकाे एकल उम्मेदवारी परेको थियाे ।
नेपालले आफ्नो पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयाे ।
अध्यक्ष नेपालले भन्नुभयाे, ‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, एकीकृत समाजवादीसँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए ।