२३ बैशाख २०८१, आईतवार

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको निधन

boom bisphote

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी चित्रबहादुर गुरुङले बताए ।

‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने।

घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका हुन् ।