१४ बैशाख २०८१, शुक्रबार

मनको भाव लेखेकी हुन् समीक्षा अधिकारीले ? दुई महिना ११ दिनपछि भावुक स्टाटस

samikshya adhikari

गायिका समीक्षा अधिकारीले दुई महिना ११ दिनपछि आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान भावुक स्टाटस पोस्ट गरेकी छिन् ।

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु,

मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ ।

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् । यद्यपि, आफ्नो नयाँ गीतको लागि उनले यी शब्द लेखेकी हुन् वा मनको भाव ? यी कुरा जान्नु रोचक हुनेछन् ।

    सम्बन्धित समाचार...