१८ बैशाख २०८१, मंगलवार

टेनिसमा राजुको विजयी सुरुवात

6

राजु श्रेष्ठले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२, ७–५ को सोझो सेटमा पराजित गर्नुभयो ।

सोही स्पर्धाको अन्य खेलमा हरिबहादुर बस्नेत, आज्ञबहादुर भण्डारी, शिवप्रसाद सेढाईं, शरण गुरुङ, अशोक सिंह, गोपी भट्टराई, उत्तम बोगटी, मनोज शाह, हेमराज ढकाल, महेश श्रेष्ठ, राजु गोला, युवराज थापा र विमल गुरुङले जित हात पार्नुभयो ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा नेपाल टेनिस संघको प्राविधिक सहयोग भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा भीष्मराज पौडेल, रोबर्ट हान, मानबहादुर कटुवाल, दावा सोनाम शेर्पा, छोमविक्रम शाह, मनोजकुमार श्रेष्ठ, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, अनिल साइ, सुवास केसी, सन्तोष खत्री, छेवाङ लामा, राजेन्द्र श्रेष्ठ, अतितलाल श्रेष्ठ र सिमान्त गुरुङ अघिल्लो चरणमा प्रवेश गर्नुभएको छ ।

वैशाख १७ गतेसम्म चल्ने प्रतियोगितामा एक सय ३७ खेलाडीको सहभागिता रहेको छ । सहभागि खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गर्नुभयो ।

    सम्बन्धित समाचार...