२८ बैशाख २०८२, आईतवार

अनुसन्धानको क्रममा अर्जुन दासको हत्यामा खुल्न आएका कुराहरू, सम्लग्न ४ जना पक्राउ

Arjun das Murder 768x630 1

कैलालीको अर्जुन दासको हत्यामा सम्लग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षीय दासको हत्यामा सम्लग्न मनोज भण्डारी, सुमित साउद, बमबहादुर बोहोरा, रोन परियार पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरीले गत बैशाख १ गते सिद्धार्थनगर नगरपालिकाबाट पक्राउ गरेको हो । अर्जुनको शव टाउको काटेर छुट्टाएको अवस्थामा अमरावती सामुदायिक बनमा गत पुसमा भेटिएको थियो । मृतक अर्जुन मजदुरी गर्दै आएका थिए ।

उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट बिहीबार पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा खुल्न आएको कुराहरूः
1.घटना हुन भन्दा ३ दिन अगाडी कमल साउदको मोबाईल फोन हराएको विषयलाई लिई निजले सुमित साउदलाई शंका गरी कुटपिट गरेको ।

2.सुमित साउद पिटिएको विषयमा मनोज भण्डारी र बम बहादुर बोहोरा समेतले कमल साउदको अं।रू।२५ हजार बराबरको लागुऔषध ल्ष्तचबखभत(ज्ञण् चोरी गरी जंगलमा लुकाएको ।

3.अर्जुन दासले मोवाईल चोरी हर्के भाटलाई दिएको कुरा सुमित साउदले पत्ता लगाई उक्त मोवाईल कमल साउदलाई फिर्ता दिएको ।

4.कमल साउदको मोवाईल चोरी गरेको र सुमित साउदलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन दास हो भनि मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, शुशिल मयाल, दिलिप दास, बादल वि।क।, करण दर्नाल समेतले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाएको ।

5.मिति २०७८।०९।०२ गते बेलुका अं।१८स्०० बजे मृतक अर्जुन दास र निजका साथिहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका ।

6.सबैजनाले लागुऔषधको सेवन गरे पश्चातस् कमल साउदको चोरी भएको मोवाईल र सुमित साउदलाई कुटपिट गरेको विषयमा मृतक अर्जुन दासलाई दोषी देखाई सवैजना मिलेर कुटपिट गरी हातखुट्टा बाधी राखेको ।

7.मृतक अर्जुन दासलाई हातखुट्टा बाधी ४/५ घण्टा राखे पश्चातस् सवैजनाको मार्ने योजना अनुसार शुशिल मयालले खुकुरी उपलब्ध गराई आफू घर फर्केको ।
अं। राति २३:०० बजे मनोज भण्डारी लगायतका समूहले मृतक अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको २ फीट टाढा राखी सवैजनाले लागुऔषध सेवन गरी रातभरी घटनास्थलमा नै बसेको ।

8.मिति २०७८।०९।०३ गते विहान ०५स:०० बजे मनोज भण्डारी, बादल वि।क।, दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्ली तर्फ लागेको र कनकलाल वि।क।, करण दर्नाल, शुशिल मयाल र नाम थर वतन नखुलेको शुशिल मयालको साथी कैलाली मै लुकी बसेको ।

9.मित साउद, मनोज भण्डारी, दिलिप दास र बमे बोहोरा भारतका विभिन्न स्थानमा बस्दै आएकोमा हाल काम खोज्दै जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया बोडरबाट मिति २०७९।०१।०१ गते १६:१५ बजे पक्राउ गरेको ।