१८ बैशाख २०८१, मंगलवार

‘आधारभूत आवश्यकताको ग्यारेन्टी नभएसम्म मानवअधिकारको संरक्षण हुँदैन

lalbabu

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनुभएको छ ।

यही देशमा जन्मिएका लाखौँ युवा नागरिकताविहीन भई अनागरिक बनेर बस्नुपर्ने अवस्था मानवअधिकार संरक्षणको क्षेत्रमा ठूलो चुनौतीका रूपमा रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधाममा आयोजना गरेको ‘मानव अधिकार सम्बन्धी कार्ययोजना कार्यान्वयन विषयक छलफल’ मा मुख्यमन्त्री राउतले २१ औँ शताब्दीमा पनि आमाको नामबाट नागरिकता नदिई संवैधानिक हकबाट वञ्चित गराउनु दुर्भाग्य हो भन्नुभयो ।

मुख्यमन्त्री राउतले सबै नागरिकको भरण पोषणदेखि शिक्षा, स्वास्थ्य लगायतको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभयो । उहाँले यथाशीघ्र नागरिकता समस्या समाधान गर्नुपर्ने माग सङ्घीय सरकारसँग गर्नुभयो ।

मधेसी, दलित, मुस्लिम, महिला लगायतका सीमान्तकृत समुदायको शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी नभएसम्म मानवअधिकारको संरक्षण सम्भव नरहेको उहाँले बताउनुभयो ।