१४ बैशाख २०८१, शुक्रबार

नेताको नातेदार र पहुँचवालाकै रजगज राजदूत नियुक्तिमा

cabinate meeting
फाइल फोटो

सरकारले ६ महिनादेखि राजदुतविहिन रहेका २० वटा मुलुकमा विहिवार राजदुत सिफारिस गरेको छ । राजनीतिक नियुत्तीमा संधै राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकता दिने परम्परा पुन दोहोरिएको छ ।

अनुभवी र क्षमतावानलाई लत्याएर नेताका नातेदार र पहुँचवालानै राजदुतको सिफारिस सूचीमा परेका छन । परिवर्तनशील विश्व राजनीति र नेपालको भू–राजनीतिक संवेदनशीलतालाई सम्बोधन गर्दै राष्ट्रिय स्वार्थ पुरा गर्ने एउटै आधार सवल र सक्षम कुटनीति हो ।

मुलुकको कुटनीतिक क्षेत्र प्रभावकारी र अर्थपूर्ण ढंगले सञ्चालन गर्न अनुभवी र दक्ष कुटनीतिज्ञको आवश्यकता पर्छ । तर विडम्बना सत्ताको बागडोर सम्हालेका हाम्रा शीर्ष नेतृत्वले कुटनीतिक क्षेत्रको संवेदनशीलता र गरिमालाई संधै सौदावाजीको साधन बनाउने गरेका छन् । यो परम्परालाई पाँच दलिय गठबन्धनको सरकारले पनि निरन्तरता दिएको छ ।

तत्कालिन के.पि शर्मा ओलीको पालामा राजनीतिक नियुत पाएका सबै राजदुतलाई फिर्ता बोलाएर,राजनीतिक भागवण्डाकै किचलोका कारण महिनौंदेखि राजदुत नियुत गर्न नसकेका देउवा नेतृत्व सरकारले राजदुत विहिन २० वटा मुलुकका लागि विहिवार राजदुत सिफरिस गरे ।

जसमा परराष्ट्र सेवाबाट ८ रसत्तारूढ दलहरूबीच भागबन्डा गरे १२ जनालाईराजनीतिक नियुक्ति दिएका छन । दलहरुले कुटनीतिक दक्षत वा क्षमता भन्दा आफ्नो नातेदार, नेता कार्यकर्ता र पहुँचवालालाई सिफारिस गरेको छन ।

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका बहिनीज्वाइँ कैलाश पोखरेल अष्ट्रेलियाको राजदूतमा सिफारिस भए भने ऊर्जामन्त्री पम्फा भुसालका बहिनीज्वाइँ वासुदेव मिश्र माओवादी कोटाबाट श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन्।

माओवादी केन्द्रको पार्टी निर्वाचन आयोग प्रमुख बिष्णुपुकार श्रेष्ठ चीनका लागि सिफारिस भए । स्पेनको राजदूतमा सिफारिस भएकी शर्मिला पराजुली ढकाल जनता समाजवादी पार्टीबाट यो पटक पनि राजदुत बनिन् । यी केहि उदाहरण पछि के प्रष्ट हुन्छ भने दलहरुले नातेदार र पहुँचवालालाई कति प्राथमिकतामा राखेको छ ।

गठबन्धन पार्टीका शीर्ष नेताले आफूनिकट मानिसलाई राजदुतमा सिफारिस गरेका छन्। व्यक्तिको क्षमतामा ठाडो प्रश्न उठाउन न्यायोचित पक्कै नहोला यद्यपि कुटनीतिक पद जहाँ योग्यता र दक्षताको खास महत्व हुन्छ, भाषाको दख्खल ,शिष्टाचार, आकर्षक प्रस्तुति अझ महत्वपूर्ण विश्व मामिला र भूराजनीतिको ज्ञान, मध्यस्थताको कौशल, अध्ययनशीलताको ओज अपरिहार्य छ ।

यस्तो महत्वपूर्णपदपूर्तिको आधार के हो । कस्ता व्यतिm राजदुत हुनुपर्छ त ? राजदूत नियुतमा सरकारको हेलचेक्राईले परकाष्ट नाघेको छ । पछिल्लो समय राजदुत पद दलगत सौदावाजीको आधार र राज्यको सेवा सुविधा सहित विदेशमा विलाषी जीवन विताउन एउटा क्षेत्र मात्र बनेको छ । फलतः राजदुत नियुत्ती संधै आलोचनाको शिकार बन्दै आएको छ ।

मुलुकको परराष्ट्र मामिला जस्तो संवेदनशील विषयमा राजनीतिकरण हुनु मुलुकको लागि राम्रो नहुने जानकारहरु बताउँछन । देशको प्रतिनिधित्व गर्ने राजदुत जस्तो महत्वपूर्ण जिम्मेवारी व्यक्तिको कूटनीतिक अनुभव तथा ज्ञान र क्षमता नहेरी नेताको नातेदार र पहुँचवालालाई चकलेट बाँडेसरि बाँड्न कामले देशको कुटनीतिक पक्ष थप शिथिल भएको छ । जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख खस्किँदै गएको तितो यथार्थ हामीसामु छ ।