१८ बैशाख २०८१, मंगलवार

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

bidhyadevi bhandari
फाइल फोटो

संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको जनाएको छ ।

अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाउनुभएको छ ।

14343173811