
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६८ जिल्लामा जिल्ला अधिवेशन सकेको छ । सिन्धुपाल्चोक, बारा, अछामलगायत सात जिल्लाको परिणाम आउन बाँकी छ ।
जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले जितेकासहित जोड्ने हो भने सभापति देउवा पक्षले अहिलेसम्म ३७ जिल्ला सभापति जितेका छन् ।
पछिल्लो पटक झण्डै ६ पटक सरेर बल्लबल्ल निर्वाचन भएको चितवनमा कोइराला पक्षका राजेश्वर खनाल सभापतिमा निर्वाचित भएका छन् ।
दोस्रोपटक निर्वाचन हुन लागेको चितवनमा देउवा पक्षको मिलबाबु श्रेष्ठले सभापतिका प्रत्यासी कसैको पनि साथ पाउन नसकेपछि खनाललाई नै समर्थन गरेका थिए । जिल्लामा अन्य पदाधिकारीहरुको मत गणना सुरु भएको छ ।
सिटौलाले महाधिवेशनमा सभापति पदमा देउवालाई सघाएका थिए । साथै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शेखर कोइराला पक्षले चितवनसहित ३१ जिल्ला सभापति जितेका छन् । यसपालि महाधिवेशनमा पौडेल भने ’मौन’ बसेका थिए ।
कांग्रेस मंसिरमा भएको १४ औं महाधिवेशन अघि संस्थापन (देउवा पक्ष) र संस्थापनइतर (रामचन्द्र पौडेल) र (कृष्णप्रसाद सिटौला) पक्षबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा हुने गरेको थियो ।
महाधिवेशनमा केन्द्रीय सभापतिमा देउवा र कोइराला भिडेपछि त्यसपछि भएका जिल्ला अधिवेशनमा प्रायः देउवा र कोइराला पक्षबाट उम्मेदवार उठेका छन् । १६ जिल्ला अधिवेशन गर्न बाँकी राखेर कांग्रेसले केन्द्रीय महाधिवेशन गरेको थियो।
हिजोआज बाँकी रहेका जिल्ला अधिवेशन भइरहेका छन् । सिन्धुलीमा देउवा र कोइराला पक्षले उठाएका सभापतिका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र ढंगले उठेका उपेन्द्र पोखरेल जिल्ला सभापति बनेका थिए।
पोखरेल शेखर र सिटौलानिकट मानिन्छन् । तर यसपालि उनले कोइराला पक्षबाट सभापति पदमा उठ्न टिकट पाएका थिएनन्।
कहाँ कुन पक्षले जिते सूचिसहित:
शेरबहादुर देउवा पक्षले जितेका जिल्ला र सभापतिः
- लमजुङ, सभापति टकराज गुरूङ
- सल्यान, सभापति केशवबहादुर विष्ट
- डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
- डडेल्धुरा, सभापति भीमबहादुर साउद
- म्याग्दी, सभापति खमबहादुर गर्बुजा
- ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
- मुगु, सभापति ऐनबहादुर शाही
- पाँचथर, सभापति रूपनारायण जवेगु
- मनाङ, सभापति शंकर गुरूङ देउवा
- हुम्ला, सभापति मोहनविक्रम सिंह
- बझाङ, सभापति खड्क बोहरा
- रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
- जुम्ला, सभापति कर्णबहादुर शाही
- जाजरकोट, सभापति बेदराज सिंह
- डोटी, सभापति नरेन्द्रबहादुर सिंह
- रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
- ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
- झापा, सभापति देउमान थेबे
- बागलुङ, सभापति जित शेरचन
- पर्वत, सभापति युवराज जोशी
- इलाम, सभापति डम्बरबहादुर खड्का
- सुर्खेत, सभापति खड्ग पोखरेल
- रूपन्देही, सभापति रामकृष्ण खाण
- कास्की, सभापति किशोरदत्त बराल
- काभ्रे, सभापति तीर्थ लामा
- तनहुँ, सभापति जितप्रकाश आले
- ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
- कञ्चनपुर, सभापति पदम बोगटी
- उदयपुर, सभापति हिमाल कार्की
- भक्तपुर, सभापति दुर्लभ थापा
- बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
- सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
- रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
- धनकुटा, सभापति दिनेश राई
- कैलाली, सभापति नारायणदत्त भट्ट
- मकवानपुर, सभापति बुद्ध लामा
- पर्सा, सभापति जनार्दनसिंह क्षेत्री
शेखर कोइराला पक्षले जितेका जिल्ला र सभापतिः
- अर्घाखाँची, सभापति केशव श्रेष्ठ
- रोल्पा, सभापति किशोर आचार्य
- बैतडी, सभापति चतुरबहादुर चन्द
- दोलखा, सभापति बर्मा लामा
- गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
- कालिकोट, सभापति अम्बबहादुर शाही
- संखुवासभा, सभापति दीपक खड्का
- रूकुमपूर्व, सभापति केशरमान रोका
- मुस्ताङ, सभापति रोमीगौचन थकाली
- भोजपुर, सभापति विनोद वान्तवा
- बाजुरा, सभापति रामसिंह रावल
- तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
- नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
- पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
- स्याङ्जा, सभापति राजु थापा
- खोटाङ, सभापति विष्णुकुमार राई
- दार्चुला, सभापति ललितसिंह बोहरा
- नुवाकोट, सभापति रमेश महत
- दाङ, सभापति शंकरप्रसाद डाँगी
- दैलेख, सभापति मणिराम रेग्मी
- गुल्मी, सभापति खिलध्वज पन्थी
- काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
- धादिङ, सभापति रामनाथ अधिकारी
- सुनसरी, सभापति केदार भण्डारी
- कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
- मोरङ, सभापति डिगबहादुर लिम्बू
- चितवन, सभापति राजेश्वर खनाल
- बाँके, सभापति नारायण गौडेल
- नवलपुर, सभापति महेन्द्रध्वज जिसी
- महोत्तरी, सभापति नागेश्वर यादव
- सिन्धुली, सभापति उपेन्द्र पोखरेल
- प्युठान, सभापति विष्णुकुमार गिरी