१८ बैशाख २०८१, मंगलवार

ला लिगा फूटबलमा रियल सोसिडासविरुद्ध शीर्ष स्थानको रियल मड्रिडको जित

Real Madrid

स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको रियल मड्रिडले सहज जित निकालेको छ ।

ला लिगाअन्तर्गत आफ्नो पछिल्लो खेलमा रियलले रियल सोसिडाडमाथि ४–१ को सहज जित निकालेको हो ।

रियलको घरेलु मैदानमा खेलको १० मिनेटमै मिकेल ओएरजाबेलको पेनाल्टी गोलसँगै सोसिडाडले अग्रता बनाएको थियो । तर त्यसपछि रियलले लगातार चार गोल थप्न सफल भयो ।

उसका लागि ४०औं मिनेटमा इडुआर्डो कामाभिन्गा, ४३औं मिनेटमा लुका मोड्रिच, ७६औं मिनेटमा करिम बेञ्जिमा र ७९औं मिनेटमा मार्को असेन्सियोले गोल गरे ।

जितसँगै रियलले आफ्नो अग्रता आठ अंकले बढाएको छ । २७ खेलबाट रियलले ६३ अंक जोड्दा समान खेल खेल्दै दोस्रो स्थानको सेभियाको ५५ अंक छ ।

ला लिगाकै अन्य खेलमा भ्यालेन्सियाले ग्रानाडालाई ३१, इस्पानुएलले गेटाफेलाई २–० र ओसासुनाले भिल्लारियाललाई १–० ले हराए ।