
नेपालमा १ सय ५५ जना कोरोना संक्रिमत थपिएका छन् भने थप २ जनाको निधन भएको छ ।
२ हजार २ सय ३९ पीसीआर परीक्षणमा १ सय १ र २ हजार ९ सय १३ एन्टिजेन परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
थप २ जनाको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ९ सय ३४ पुगेको छ । पछिल्लो पटक ५ सय ४० जना संक्रमण मुक्त भएका छन् ।
अहिले देशभर ८ हजार ८ सय ३९ सक्रिय संक्रमित छन् । ९२ जनाको आइसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो पटक १ लाख २९ हजार १ सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।