१८ बैशाख २०८१, मंगलवार

प्रम देउवाको प्रस्ताव, दाहाल-नेपालद्वारा अस्वीकार

Gath sher Prachanda Madhav

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियाेजना संसदमा पेश गर्न प्रस्ताव गर्नुभएकाे छ । शनिवार बिहान सत्तारूढ गठबन्धन दलका तीन शीर्ष नेताबीच भएकाे छलफलमा प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीकाे प्रस्ताव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अस्वीरकार गर्नुभएकाे छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसदमा पेस गर्न प्रस्तावमा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने माओवादी केन्द्र अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएपछि बैठक विना निष्कर्ष सकिएको बालुवाटार स्राेतले जानकारी दिएकाे छ ।

बैठकमा प्रधानमन्त्री देउवाले अब एमसीसीलाई संसदमा पेस गरी आआफ्ना कुरा त्यहीँ राख्नु मनासिब हुने बताउनुभएकाे तर अध्यक्ष दाहाल र नेपालले त्यसअघि साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभएकाे थियाे।