
काठमाडौँ उपत्यकामा आज बिहानैदेखि न्यूनतम तापक्रम निकै कम रहेको छ।
आज बिहानैबाट घाम लागे पनि बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। बिहान पौने ६ बजे काठमाडौँको तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन बिहान बेलुकीको समयमा चिसो बढ्ने भनिएको छ।