संविधानभन्दा बाहिर गएर स्थानीय चुनाव सारे एमालेले नसहने चेतावनी
फाइल फोटो
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमहान्याधिवक्ता अग्नि खरेलले स्थानीय तहको चुनाव सार्ने काम गरिए त्यो गैरसंवैधानिक काम हुने बताउनु भएको छ ।
विर्तामोडस्थित निजी निवासमा आज पत्रकारसँगको भेटघाटमा नेता खरेलले स्थानीय चुनाव सारे एमालेले नसहने चेतावनी दिनुभयो । उहाँले संविधानभन्दा बाहिर गएर कसैले पनि काम गर्न नसक्ने बताउनुभयो ।
नेता खरेलले आफ्ना नजिकका कानून व्यवसायीलाई राखेर नेपाली जनतालाई नझुक्याउन सत्तागठबन्धनलाई सचेत गराउनुभयो ।
२०७३ सालमा निर्वाचनसम्बन्धी कानून जारी भएर स्थानीय तहको पहिलो निर्वाचन पनि भएकाले अब त्यो कानून संशोधन गर्नु नेपाली जनतालाई धोका दिनुबाहेक केही नभएको खेलको भनाइ छ।