१६ चैत्र २०८०, शुक्रबार

नैतिकताको जामा पहिरिएर प्रणालीलाई ध्वस्त पार्ने फैसला भयो: अग्नि खरेल

agni prasad kharel

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संवैधानिक नैतिकताको जामा पहिरिएर संसदीय शासन प्रणालीलाई ध्वस्त पार्ने ढंगले फैसला आएको बताएका छन् ।

खरेलले सर्वोच्च अदालतको पछिल्लो फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको टिप्पणी गरेका हुन् । संवैधानिक इजलासको फैसलाप्रति संक्षिप्त निप्पणी गर्दै खरेलले भने, ‘यो फैसलाले संविधानले आत्मसात गरेको प्रणाली र शक्तिको विभाजन र सन्तुलनको सिद्धान्तलाई अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ ।’

खरेलले अदालतकदेश र जनताले खोजेको राजनीतिक निकासलाई अवरुद्ध पारेको आरोप समेत लगाएका छन् । यसले वैयक्तिक कुण्ठालाई संस्थागत रूपमा निकास दिएको र उनीहरूका निजी कुण्ठालाई अदालती व्याख्याका रूपमा संस्थागत गरेको उनले बताएका छन् ।